आगामी तीन दिन भारी वर्षा हुने



 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले शुक्रबार बुलेटिन निकालेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका पूर्वसांसद पक्राउ

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ

एसइईको पुरक परीक्षा साउन २३ गतेदेखि

  भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि

कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लानका लागि नीति बनाउने हो, सरुवा बढुवामा लाग्ने होइनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्ति, सरुवा