पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन



 

काठमाडौँ  । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

समितिको यसअघिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेबमोजिम उपसमिति गठन गरिएको उनले बताए । “राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको छ”, सभापति पोखरेलले भने ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।

दुवै विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ ।

समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको छ । उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगरपालिका

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउनु सबैको दायित्वः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति

गलेश्वर । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात