झापाको कमल बनियानी खोलाले बगाउँदा दुईजना बेपत्ता



 

दमक (झापा) । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए ।

यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीहरुसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग फुटबल खेलेर फर्कने क्रममा साथीहरुसँग पौडी खेल्न उनी खोलमा पसेका थिए । सोही क्रममा विकलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार आज बिहान नै पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनी मृतावस्थामा फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वन्यजन्तु रोक्न झापाका वनमा रोपिए आँप, केरा र भुइँकटहर

झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार

चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेपछि महोत्तरीका स्थानीयवासी त्रसित

महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै

बचतकर्ताको रकम अपचलन गरी फरार रहेका लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुराँसका अध्यक्षसहित चार जनालाई पक्राउ

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

वासुदेव पौडेल, गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य