‘सरकार महिनौँदेखि दूधको भुक्तानी नदिएर किसानलाई रुवाएर बस्ने हो ?’



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई दूधको मूल्य भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बास्कोटाले दूधको भुक्तानी नदिएर सरकारले किसानलाई किन रुवाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘किसानले दूधको भुक्तानी किन नपाएको हो ? महिनौँदेखि भुक्तानी नदिएर किसानलाई किन रुवाएको ? किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ?’

उनले दूध खरिद गरेको निजीक्षेत्र व्यापार र नाफामा लिप्त रहेको र जवाफदेहिता नभएको बताए । उनले भने, ‘निजी क्षेत्रले पनि हलो हड्काएर गोरु पड्काउन पाउँदैन । नाफा चाहने त्यसमा लगानी गर्ने निजी क्षेत्र पनि बेखबर बस्न मिल्दैन ।’

लम्की स्किनको महामारी रहे पनि त्यसमा सरकारले ध्यान नदिएको उनले बताए । उनले सरकारले पैसाको अभाव भएको भनेर रमिता हेरेर बस्न नमिल्ने बताए ।

उनले भने, ‘मल, बिउ र कपडा किन्ने पैसा छैन ? बच्चाको स्कुलको फिस तिर्न पैसा छैन । बाबुआमा बिरामी छन्, सिटामोल किन्ने पैसा छैन । यस्तो खालको रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन सरकारलाई सोध्न चाहन्छु, एक वर्षदेखि एउटै कुरा दोहोरिरहन्छ भने जनताले आशा कसरी गर्ने ?’

उनले किसानले आफ्नो पसिनाको मूल्य माग्दा भिख मागेको जस्तो व्यवहार सरकारले गरेको आरोप लगाए । उनले किसानले अब फ्रान्सको जस्तो ट्याक्टर लिएर सडकमा जानुपर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘किसानले के गर्ने फ्रान्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लगेर सडकमा छोड्नुपर्ने हो त ? यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगरपालिका

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति

गलेश्वर । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान

बिजुली बजारमा फल्चा शैलीमा निर्मित बस विसौनी उद्घाटन

काठमाडौँ । काठमाडौंको बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण