प्रेसको अगाडि पेन्टी मात्र देखाएर के गर्ने हो बुनुहरु ?



प्रकाश सायमी ।
अभिनय गर्ने कला र बोल्ने कला दुई फरक कुरा हुन् । टेलिभिजनका प्रस्तोताले आफ्नो कार्यक्रम बिकाउन (टिआरपी) जे पनि प्रश्न सोध्छन् तर चलचित्रका नायिकाहरु (यदि साँच्चै नायिका हो भने) सजग हुनुपर्छ, चलचित्रमा कलाकार टिक्ने दुई कुराले हो, चाल र चरित्रले । त्यसैले हामी चलचित्रमा छौँ ।कसैको चरित्रबारे यस्तो घटिया टिप्पणी गर्दा ती पीडित पात्रलाई मानसिक आघात पर्न सक्छ, विक्षिप्त हुन सक्छ, असामाजिक हुन सक्छ । कसैकसैले त सहन नसकेर आत्महत्या गरेका पनि छन् । यस्तो घटना फेरि नघटोस् ।

चलचित्र कलाकार संघ देशमा छ तत्काल उहाँहरुलाई तत्काल कारवाही गरियोस्, सावधान गराइयोस् । र सम्बन्धित टेलिभिजनका निर्माता, प्रमुख वा साहु साहुनीहरुलाई पनि सावधान गराइयोस्, भोलि अनमोल केसीको जस्तै सिसम बानियाको पूर्व गर्लफ्रेन्ड को हो भन्ने प्रश्न आयो भने सेन्सर गर्ने कि नगर्ने ?

कलाकार साथीहरु टेलिभिजनमा थोपडा देखाउन मात्र हतार नगर्नुहोस् । आजकाल कलाकारको काम नै सीमित भएको छ, प्रीमियरमा जाने युट्युबलाई अन्तर्वार्ता दिने, टीभीमा गयो राजा मनपर्छ कि राष्ट्रपति छान्ने ? जनता जान्न चाहन्छ भनेर ऋषि भाइसित नाच्ने ? यति नै हो त हाम्रो कलाकारिता ?

सिक्नुस्, भारतमा शबाना आजमीले वर्षमा दुइटा मात्र अन्तर्वाता दिन्थे । अमिर खानले फिल्मफेअरलाई ११ वर्ष अन्तर्वार्ता दिएनन् । अमिताभ बच्चनले इमरजेन्सीकाल पछि आफ्नो फिल्मको प्रिमियर शो मा पत्रकालाई बाहिर निकाल्थे ।
यी सबै ज्ञानका कुरा हुन्, प्रेसको अगाडि पेन्टी मात्र देखाएर के गर्ने हो बुनुहरु ?

सायमीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले फेरि बोलायो ‘नो केबलकार समूह’लाई वार्तामा

काठमाडौं । सरकारले नो केबलकार समूहलाई वार्तामा बोलाएको छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप