कैलाली र लमजुङमा चट्याङ लागेर तीन जनाको मृत्यु



कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।

त्यसैगरी गएराति परेको चट्याङ लागेर लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राति २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताए । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका