बाल यौन दुराचार मुद्दामा बम्जन दोषी ठहर



सर्लाही । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बम्जनमाथि सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, बलात्कार गर्ने र व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो ।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । बम्जन गत पुस २४ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

तत्काल पार्टी एकता गर्ने पक्षमा छैनौंः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता

एसइईमा दुई भन्दाबढी विषयमा अनुत्तीर्ण विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ