संसद सचिवालयका कर्मचारीको भत्ता बढाउने सहमति, आन्दोलन फिर्ता
काठमाडौं । सङ्घीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ । सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वको टोली संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा सात बुँदे सहमति गरेको हो ।
सहमतिअनुसार कर्मचारी युनियनका प्रतिनिधिहरूको मागअनुसार तीन किसिमको भत्ता बढाउन सरकार सहमत भएको छ । यससँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ । हाललाई राजपत्राङ्कित कर्मचारीको लागि मासिक ३,५०० र राजपत्र अनङ्कित कर्मचारीका लागि मासिक ३,००० साविकको आवास भत्तामा वृद्धि गर्न दुई पक्ष सहमत भएका छन् ।