गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई



 

काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट कोशेढुङ्गा साबित हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको सो विषय उल्लेख गरेका छन् । “खानेपानीका लागि लाइनमा बस्न नपर्ने गरी समस्या समाधान गर्छौ, कम्मरमा गाग्री बोकेर पानी ल्याउनुपर्ने समस्या समाधान हुन्छ”, उनले भने ।

मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिपछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्बाट स्वीकृतीप्राप्त भइसकेको उनको भनाइ थियो । त्यसका लागि एसियाली विकास बैंकले करिब  दुई अर्ब अनुदान सहयोग गर्ने पनि उनले  बताए ।

आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउने गरी योजना निर्माण भइरहेको उनले बताए । उनले याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा बिनियोजित खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको उनको भनाइ थियो ।

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालिन योजना मन्त्रालयले निर्माण गरिरहेको मन्त्री राईले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन दिन विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको

धादिङमा पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

  मलेखु (धादिङ) । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा

भक्तपुरका १५ बस्ती डुबानमा

भक्तपुर । अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका

बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र