संघीय संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या


काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।