मदिरा सेवन गरी जलाधार कार्यालय रामेछापका प्रमुखले ताण्डव देखाएपछि…(भिडियोसहित)



रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन् । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन् ।

कार्यालयमै अपशब्द बोल्दै ठूलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन । उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम नै तोकेर अपशब्द बोलेका हुन् ।

उनले केही स्थानीयहरुलाई हातपात समेत गर्ने प्रयास गरेका थिए । मदिराले लठ्ठिएका कार्यालय प्रमुख दाहालले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका थिए । कार्यालय प्रमुखको यस्तो हर्कतले यहाँका स्थानिय आजित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले दाहाललाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याइएको बताए । सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानूनी प्रावधान छ ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङमा परी १४ जनाको मृत्यु

काठमाडौं । बाढी, पहिरो र चट्याङका पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

  भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको