काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ



काठमाडौं । प्रहरीले औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाकी बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का, रुकुमका दीपेन्द्र ओली र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।

गोंगबुस्थित मित्रनगरमा बिनिता कुमालको नाममा दर्ता रही कविता फार्मेसी नामको औषधि पसलमा लागूऔषध बिक्री/वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी फार्मेसी संचालक हुन् ।

त्यस्तै कोटेश्वर सहयोगीनगरस्थित श्रीनगर गल्लीमा लागूऔषध बिक्री/वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले दीपेन्द्र ओलीलाई पक्राउ गरेको र उनको कोठा खानतलासी गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट औषधिजन्य लागूऔषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिनिता कुमालको पसलबाट ट्रामाडोल लेखिएको ट्यावलेट ६५० पिस र दीपेन्द्र ओलीको कोठाबाट ट्रामाडोल लेखिएको ट्यावलेट ३८०९४ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, ५ जना दोषी ठहर

काठमाडौँ । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको

जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु, १६ बिरामी

बागमती । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको

६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ अझै फरार

काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्राइएको ६० किलोग्राम सुन तस्करी प्रकरणमा

मेलम्चीको सुरुङ बन्द गरेसँगै धाप ड्यामबाट उपत्यकामा पानी वितरण

  काठमाडौँ ।  सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार