बचतकर्ताको ९४ करोड अपचलनको अभियोगमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ



काठमाडौं । प्रहरीले बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सहकारीका अध्यक्ष तेजविक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जनलाई पक्राउ गरिएको जानकारी दिए ।

थापामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको बैंकिङ कसुरका मुद्दाहरू रहेका छन् । उनीमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् ।

उनीहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । उनीहरूमाथि ६५ वटा जाहेरी परेको प्रहरीले बताएको छ । त्यस्तै पीडित वचतकर्ताहरू २ हजार ५ सय ३१ र जम्मा निक्षेप बचत २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन्। प्रहरीलाई झुक्काउनका लागि उनले अर्कै नाममा टेलिभिजनको परिचयपत्र समेत बनाएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक सुरु

  काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको छ

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।

चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ