कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चड फसे पुलमै(भिडियोसहित)


कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमा अड्किएका दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपर सुनिल दाहालले जानकारी दिएका छन् ।

पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । प्रहरीकाअनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको छ ।

उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको उनले बताए । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।