३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग  ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले शुक्रबार नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको टोलीले स्रोत नखुलेको  ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।