यौन दुर्व्यवहारको आरोपमा प्रहरी निरीक्षक पक्राउ


काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा काठमाडौंमा एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका हुन् ।

आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । महानगरको टोलीले शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो ।ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।