बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना


 

काठमाडौँ ।  बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस सिन्धुलीको गोलन्जोर वडा नम्बर ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस बिहीबार साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा २८ जना सवार थिए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।