प्रहरीको उमेर हद अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन



काठमाडौं । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । बुधबारको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत अधिकारीहरूको उमेर हदबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कुप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेको सात सदस्यीय समिति गठन गरिएको हो ।

कार्यदललाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीको प्रश्नः चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका चर्का कुरा ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारले लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि यो

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक