न्यूरोडमा भत्काइएको सडक दुई दिनभित्र पुनःस्थापना नगरे महानगरलाई कारबाही गर्ने सडक डिभिजनको चेतावनी


काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौ महानगरपालिकालाई न्यूरोडमा भत्काइएको सडक दुई दिनभित्र पुनःस्थापना गरिदिन आग्रह गरेको छ ।

सडक डिभिजनले महानगरपालिकालाई पत्र लेख्दै न्यूरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्डमा भत्काइएको सडक दुई दिनभित्र पुनःस्थापना गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

केही दिनअघि काठमाडांैंका मेयर बालेन साहले एक ट्रक धुलो सडक डिभिजनको कार्यालयमा उपहार पठाएपछि सडक डिभिजन र महानगरबीच विवाद बढेको छ ।