सत्ता गठबन्धनको रवैया अनुदारवादी देखियो, सहकारी प्रकरणलाई सदन र सडकबाट लडेर पार लगाउँछौंः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिदै गएको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सञ्चारमाध्यको बिषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।

सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरेका छन् । उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रित नभएको जिकिर गरे ।

महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारेका छन् । उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोही व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको बताए ।