आविष्कार केन्द्रद्वारा वीरगञ्ज कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार



वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।

हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए ।

धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए ।

‘यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौं’, उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने ।

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग

  काठमाडौँ । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

  काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित

पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि उपत्यकामा अभाव, पम्पहरुमा उपभोक्ताको लाइन

  काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै