लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा



लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको र शिशु सिद्धार्थलाई त्यहीबाट गृहनगर तिलौराकोट दरबारमा फर्काइएको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धमूर्तिको शुक्रबार शोभायात्रा गरिएको छ ।

लुम्बिनीमा जन्मिएका बोधिसत्व (बुद्ध) सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको स्मरण स्वरुप आज लुम्बिनीबाट शिशु बुद्धलाई शोभा यात्रासहित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार पुर्याइएको हो ।

सिद्वार्थ गौतमलाई बुद्ध जन्मिएको दिन पूर्णिमाको दोस्रो दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै आज बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको थियो । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बग्गीमा चढाएर शिशु बुद्ध तिलौराकोट पठाइएको कोषका सदस्य सचिव शाक्यले बताए ।

राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कोषले २५६७ औँ बुद्धजयन्तीको अवसरमा बाजागाजासहित शोभा यात्रा निकालेको थियो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको दुई हजार ६ सय वर्षअघिका क्षणलाई स्मरण गराउने कोसिस गरिएको सदस्य सचिव शाक्यले बताए ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत जाने इच्छा गरेपछि देवदह जानेक्रममा लुम्बिनीस्थित बगैंचामा आराम गर्न डोेलीबाट ओर्लिएपछि उनलाई व्यथाले च्यापेको थियो ।

बगैचामा उनले राजकुमार सिद्धार्थलाई जन्म दिनुभएको थियो । त्यसपछि तिलौराकोट, कपिलवस्तु र देवदहलाई सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किनुभएको थियो ।

बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले पठायो १८ जिल्लामा उपसचिव

  काठमाडौँ । राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा आइतबार

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा

कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

काठमाडौं । संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको