काठमाडौँ । सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितहरुले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।
उनले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया