मुगुमा सीता एयरको जहाजको ठक्करबाट एकजना  घाइते



 

मुगु ।  मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन् ।

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

  काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक

रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ घाइते

त्रिवेणी (रुकुम पश्चिम) । भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् ।

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने

व्यवस्थित सहरीकरणमार्फत दिगो आर्थिक विकास गरिने

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले व्यवस्थित सहरीकरणमार्फत दिगो आर्थिक, सामाजिक समृद्धिको अभियानलाई