काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरुको आग्रहमा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ । अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया