नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान



 

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा भएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए । पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ । बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चार

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न