चितवनको भरतपुरमा विद्यार्थी लिन गइरहेको बसमा आगजनी


भरतपुर । चितवनको भरतपुरमा स्कुल बसमा आगजनी गरिएको छ । मंगलपुर नजिक कल्याणपुरको स्मलहेभन स्कुलको बसमा आइतबार बिहान आगजनी भएको छ ।

विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जनाको समूहले रोकेर आगजनी गरेको चितवन प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।