आगलागीबाट बैतडीमा साढे एक करोडको क्षति



बैतडी । आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक करोड ३४ लाख, ९९ हजार पाँच सय बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

उनले भने,“ चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्, यी घटनाबाट एक करोड ३४ लाख, ९९ हजार पाँच सय बराबरको क्षति भएको विवरण सङ्कलन भएको छ ।”

आगलागीबाट पसल, घर, सुनचाँदी र नगद जलेका छन् भने दुईजना समेत घाइते भएको जनाइएको छ । गत भदौमा दशरथचन्द नगरपालिका–४ गढीमा रहेको प्रदीप बरालको सुनचाँदी पसलमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ ।

यस्तै कात्तिकमा पुर्चाैडी नगरपालिका –१ डाँडाकोटका जयानन्द जोशीको घरमा आगलागी हुँदा ३० लाख, मेलौली नगरपालिका–२ का पूर्णबहादुर चन्दको घरमा भएको आगलागीबाट ५० हजार, मङ्सिरमा पाटन नगरपालिका –२ की जयन्ती पन्तको घरमा आगलागी हुँदा चार लाख ५० हजार, डिलाशैनी– ७ का जनकराज जोशीको घरमा आगलागी हुँदा ७० हजार, माघ महिनामा डिलाशैनी गाउँपालिका –६ का पुष्कर थलालको घरमा आगलागी हुँदा पाँच लाख, फागुनमा सुर्नया –७ का तेजबहादुर कार्कीको घरमा आगलागी भएर दुई लाख ४८ हजार, चैतमा डिलाशैनी –२ को एक घरमा आगलागी हुँदा एक लाखको क्षति भएको छ ।

वैशाखमा पञ्चेश्वर गाउँपालिका–४ का जयबहादुर चन्दको घरमा आगलागी हुँदा पाँच लाख, सुर्नया गाउँपालिका–२ का करन पाण्डेको घरमा आगलागी भएर ६० हजार र पाटन नगरपालिका –१ की धौली लुहारको भान्सा कोठामा आगलागी हुँदा २१ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्युत् सर्ट एवं मानवीय त्रुटीका कारण आगलागीका घटना भएका प्रहरीले बताएको छ ।
आगलागीका घटना न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा सन्देशमूलक प्रचारसामग्री प्रकाशन तथा प्रसारण भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत दिलीपकुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु