पारदर्शीता र सुशासन एक अर्काका पुरक : राष्ट्रपति



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेका बताएका हुन् ।

उनले भने,‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं, हरबखत् चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’

लेखापरीक्षकहरुको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेन भन्छन्-संसदमा उभिएर गालीगलौज र बार्गेनिङ गर्ने कोसिस त बर्षौंदेखि चलेकै छ, त्यो तिनलाई नै छोडिदिउँ, जनता काम गर्नेका पक्षमा सँधै छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

रसुवागढी नाकामा मानसरोवर यात्राका लागि जाने तीर्थयात्रीको बढ्यो चहलपहल

  रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान