हिक्मत कार्कीले कोशीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै



विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले एमाले र माओवादी केन्द्रका सांसदहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

कार्कीले एमालेका ४० र माओवादी केन्द्रका १२ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बुधबार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । एमाले र माओवादी केन्द्रका सांसदले वर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत नलिएपछि बुधबार तीन दिनभित्र नयाँ सरकारको आह्वान भएको थियो ।

प्रदेश प्रमुखको आह्वानअनुसार सांसदको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले माओवादीका प्रत्येक सांसदहरूले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउने छन् । बहुमत सांसदहरूको समर्थनमा दाबी गरेलगत्तै मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत गर्ने जनाउ प्रदेश प्रमुख कार्यलयले दिएको छ ।

प्रदेश प्रमुख कार्यलयले सनाखतमा बोलाउन सक्ने भन्दै एमाले र माओवादीले आफ्ना सांसदहरूलाई बिहीबार बिहान १० बजेसम्म विराटनगर उपस्थित हुन निर्देशन जारी गरेका छन् । एमाले नेताहरूका अनुसार प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवागढी नाकामा मानसरोवर यात्राका लागि जाने तीर्थयात्रीको बढ्यो चहलपहल

  रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

नरभक्षी बाघ मर्‍यो

  चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ

काठमाडौँमा हावाहुरीसहित वर्षा

काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश