काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) को जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।
यसअघि, उच्च अदालतले पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको थियो ।

प्रतिक्रिया