काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । संसद बन्द भएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ। सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया