लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् । इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखकारुपमा सम्मेलनमा सहभागी हुँदैछन् ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित विदाइ गरे ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरु अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

त्यसक्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरुसँग द्विपक्षीय बैठक समेत राखिएको छ ।
नेपाली मितिअनुसार वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह समेत सहभागी हुँदैछन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा