त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ



 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नम्बरको उडानबाट शुक्रबार नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए ।

उनले भने, “सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) आठ सय ५० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो ।”

यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई