सम्पत्ति शुद्धीकरण मुद्दा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड भन्दाबढी जरिवानाको फैसला



काठमाडौं । विशेष अदालतले सेयरको भित्री कारोबारको अभियोगमा दोषी ठहर भएका गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैदको सजाय सुनाएको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेले एक करोड ९९ लाखभन्दा बढी रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो ।

अदालतले एक करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुनेगरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको छ ।

अदालतले न्यौपानेलाई ६ चैतमा दोषी ठहर गरेकोमा आइतबार सजाय निर्धारण गरेको हो । रिडीको सञ्चालक समिति अध्यक्ष रहेका न्यौपानेले ‘सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पर्नसक्ने महत्वपूर्ण जानकारी हुँदाहुँदै आफ्नो नाममा कायम रहेको उल्लेख्य संख्याको सेयर खरिदबिक्री गरेको’ अदालतको ठहर छ ।

ज्येष्ठ नागरिक भएकाले र प्रतिवादीको सामाजिक–पारिवारिक दायित्वसमेतलाई विचार गरी उनको कैद घटाइएको हो । सुरुमा दुई वर्ष कैद सजाय तोकिएकोमा प्रतिवादी न्यौपानेको उमेर हेरेर विशेषले ५० प्रतिशत कैद घटाएको फैसलामा उल्लेख छ । यसै मुद्दाका अर्का प्रतिवादी कुवेरमणी नेपालले सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए