चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटी र वाल्मीकि विद्यापीठबीच सम्झौता



काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो ।

नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग हुवाबीच सहकार्यसम्बन्धी पाँच बुँदे सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिने छ । साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाई समेत आदनप्रदान गर्नेछन् ।

यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रूपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्नेछन् । सम्झौताअनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदनप्रदान गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताए । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उनले जानकारी दिए ।

प्राध्यापक डा हुवाले दुई विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत सुरु गर्नुपर्ने बताए । यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उनको थियो ।

चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताए । संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्व विश्वव्यापी रहेको धारणा उनको थियो ।

नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गरे ।

सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन (इन्दिरा) को उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

मुजफ्फरपुर । उत्तर प्रदेशको प्रयागराजमा भएको महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

ठूलीभेरी । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार