काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वित्तिय शिक्षा, ध्यान योगको शिक्षा देशका तीन वटै सरकारले आगाडि बढाए आत्महत्या न्यूनीकरण गर्न सकिने बताएका छन् ।
शुक्रबार ललितपुरमा सडक आश्रित मानव मुक्त अभियान नेपालले आयोजना गरेको ‘आर्थिक तनाव व्यवस्थापन तथा आत्महत्या न्यूनीकरण’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले हरेक विद्यालयमा वित्तिय शिक्षा पाठ्यक्रममा समावेश गरेमा आत्महत्या न्यूनिकरण गर्न सकिने बताए । उनले आत्महत्या गर्ने पहिलो नम्बरमा देशका किसानहरु रहेका बताए । उनले यो समस्या समाधान गर्न कृषकको बालीको मुल्य र कृषकले उव्जाएका वस्तुको बजारको व्यवस्था गर्नुपर्ने तर्क गरे ।
त्यसैगरी बैंकको ऋण तिर्न नसकेर आम मानिसहरुले आत्महत्या गरिरहेका उनले बताए । उनले बैंकरहरुले ऋण लिएको व्यपारीहरुलाई बाउन्सर लगाएर तर्साउने काम बन्द गरे मात्रै आत्महत्या न्यूनिकरण गर्न सकिने बताए । त्यसैगरी ससत्र प्रहरी वलका पूर्वमहानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले हरेक क्षेत्रमा आत्महत्याको घटना बढेका बताए ।
उनले आशा र मायाका कारण मानिसहरुले आत्महत्या गरेको पाइएको उल्लेख गरे । उनले यसलाई न्यूनिकरण गर्न आत्मबल मजबुत ,आशाको जीवन बाँच्न सबैमा अनुरोध गरे । पछिल्ला केही वर्षदेखि सडक आश्रित मानव मुक्त अभिआन नेपालले यस्ता खालका कार्यक्रमहरु गर्दै आएको छ ।



प्रतिक्रिया