बचत रकम फिर्ताको माग गर्दै सूर्यदर्शन सहकारी पीडितद्वारा संसदीय समितिलाई ज्ञापनपत्र


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार सूर्यदर्शन बचत पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । सूर्यदर्शन वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले १८ हजार बचतकर्ताको डेढ अर्ब रकम फिर्ताको व्यवस्था मिलाउन समिति सभापति खतिवडालाई आग्रह गरे ।

उनले रकम फिर्ताका लागि आफूहरु कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारी संचालक जीबी राई पक्राउ नपरेका भन्दै तत्काल पक्राउ गर्न माग गरेका छन् । उनले सहकारीको कराडौं रकम गोरखा मिडिया नेटवर्कमा गएको तर जवाफ दिने व्यक्ति मौन बसेका भन्दै आपत्ति जनाएका छन् ।

उनले गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेविरुद्ध पनि उजुरी परेको तर छानबिन नभएको गुनासो गरेका छन् । समितिका सभापति खतिवडाले लामिछानले राज्यले पीडितहरूको समस्या समाधान राज्यले गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए ।