तुलसीपुरबाट काठमाडौं आइरहेको रात्रीबस दुर्घटना, थप विवरण आउन बाँकी


बुटवल । दाङको तुलसीपुरबाट काठमाडौं गइरहेको रात्रीबस दाङको कालाकाटेमा दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय गड्वाका अनुसार दुर्घटनामा परि तीन यात्रु सामान्य घाइते भएका छन्।

घाइतेहरुको भालुवाङमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको ब्लु स्काई कम्पनीको ९७४ नम्बरको बसको टायर फुत्किएपछि सडक किनारको रुखमा ठोक्किएको प्रहरीले बताएको छ । दुर्घटनाको थप विवरण आउन बांकी छ।