काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो ।
लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएका हुन् । उनलाई लखेट्दै आएका युवालाई बुद्धिमान तामाङ, दीपक सिंह लगायतका नेताहरुले छुट्याएका थिए ।
आक्रमण गर्ने को हुन् भन्ने नखुलेपनि नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेमाथि भ्रष्टाचारीको आरोप लगाएपछि सोही रिसमा पाण्डेका समर्थकले हातपात गरेका हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया