काठमाडौँ । नेकपा माओवादी केन्द्रलेसांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको हो ।
त्यस्तै एमालेबाटसांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए ।

प्रतिक्रिया