कुटपिट आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।

वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो ।

कलाकार पवन खतिवडा (म्याकुरी)ले वाइबाले आफूमाथि कुटपिट गरेकाे भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको थियो ।

शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर आफूमाथि आक्रमण गरेकाे भन्दै पवनले पत्रकार सम्मेलन गरेका थिए । साेबेला उनकाे अनुहारमा चोटैचोट देखिएकाे थियाे ।

पवनले पत्नी सुम्निमासँगकाे विवादमा वाइबाले आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिएका थिए ।