पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन



काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो ।

आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् ।

विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ । सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी