सितापाइलामा तीन जनाको शव फेला, हत्याको आशंका


काठमाडौं । काठमाडौंको सितापाइलामा घरभित्र तीन जनाको शव फेला परेको छ । बुधबार बिहान एक महिला र उनका दुई छोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरुको हत्या भएको प्रहरीको अनुमान छ । अहिले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।