कपिलवस्तु बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत(नामसहित)


बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा मृत्यु भएका दशै जनाको सनाखत भएको छ । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन् ।

मृत्यु हुनेमा रौतहट औराही ३ का ४६ वर्षीय नारायाण बहादुर भण्डारी, नेपाली सेनाको कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ कञ्चनपुरकी सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्ट छन् ।

त्यस्तै, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ बस्ने सुदीप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमलादेवी भट्टको परिचय खुलेको छ। मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौका लागि छुटेको सुनौलो महाकाली यातायातको रात्री बस कपिलवस्तुको सुराही नालामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको रात्रीबस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवल र अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।