कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राति १ बजे महेन्द्रनगरबाट काठमाडौ गइरहेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी । मृतकको विवरण अझै आइसकेको छैन ।