काठमाडौं । छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका छन् । उनले शुक्रबार न्याय परिषदमार्फत प्रधानन्यायाधीश समक्ष राजीनामा बुझाएका हुन् ।
न्यायाधीश भट्टराईसहित जिल्ला न्यायाधीश अम्बिका निरौला र राजकुमार कोइरालामाथि न्याय परिषदले छानबिन गरिरहेको छ । उनीहरूविरूद्ध परेका उजुरीहरूको प्रारम्भिक अध्ययनपछि परिषदले समिति गठन गरी थप अनुसन्धान अघि बढाएको थियो।
एक जना हत्या आरोपितलाई सफाइ दिएको भन्दै न्यायाधीश भट्टराईविरूद्ध न्याय परिषदमा उजुरी परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा न्यायाधीशहरू प्रकाश ढुंगाना र तिलप्रसाद श्रेष्ठको समितिले शुक्रबारै उनीहरू माथिको छानबिन सकेर प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया