वरिष्ठ गायक योगेश वैद्यको निधन


काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । वैद्यको बिहीबार राति निधन भएको परिवारले जनाएको छ । बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् ।

‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । सुगम संगीतमा उनको वेग्लै प्रतिष्ठा रहेको छ । संगीतका साथै उनी तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए।

उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका हुन् । पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन् ।