सिरहा । सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन् । बिहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले साहुलाई कुटेका हुन् ।
कुटपिटबाट सूर्यकुमार यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । ऋणी राज कुमार महतो र धनी सूर्य कुमार यादबबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।
यादवबाट महतोले सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमा छलफलको बेलासमेत ऋणीको कुरा नसुनेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया