प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको विज्ञापन रद्द



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । नाम सिफारिस गर्न छनोट तथा सिफारिस समितिले यसअघि गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको जानकारी दिएको छ ।

समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेको थियो । यसमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि समितिले प्रकाशित विज्ञापन रद्द गरेको छ । अब प्रावधान सच्याएर नयाँ विज्ञापन खोल्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग

समाजवादी मोर्चाले राजावादीहरुको गतिविधिबारे मंगलबार धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम

जनतासँग गरेका वाचा पूरा गर्न ठोस कदम चाल्नुपर्छः महामन्त्री थापा

  सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च